बेलबारीले गर्यो पकेट क्षेत्रका किसानलाई कृषि औजार वितरण


बेलबारी, १९ असार । बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरूलाई कृषि औजार हस्तान्तरण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको हो ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले ती सामग्रीहरू किसानलाई हस्तान्तरण गरेकी हुन् । सो कार्यक्रमअन्तर्गत वडा नम्बर ५मा धानबाली, ८नम्बर वडामा तरकारी र ११ नम्बर वडामा  बङ्गुर पकेट क्षेत्रका रूपमा विकास भइरहेको कृषि विकास शाखाका प्रमुख विनोद दाहालले बताए । 

कृषि शाखाका प्रमुख दाहालका अनुसार धान बालीका लागि ३० बिगाहा र तरकारी खेतीका लागि ३० बिगाहा जमिन छुट्याइएको छ ।बङ्गुर पकेट क्षेत्रमा १ सय वटा  बङ्गुरका माउसमेत वितरण गरिसकेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

धान पकेट क्षेत्रमा आवश्यक पर्ने सिँचाइका लागि बोरिङ, कुटो कोदालो, बिउ, किट्नासक औषधी, स्प्रेमेसिन, मल, धानकाट्ने मेसिन, धानसुकाउनका लागि त्रिपाल, बोरा, जोख्नका लागि तराजु लगायतका सामग्री नगरपालिकाले पकेट क्षेत्रका किसानलाई वितरण गरेको छ । यस्तै तरकारी पकेट क्षेत्रका लागि मोटर तरकारी टिप्नका लागि क्यारेट,मल, बिउ, किट्नाशक औषधि, ठेलागाडी लगायतका सामग्री तरकारी पकेट क्षेत्रका किसानलाई वितरण गरिएको उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् । 

बङ्गुर पकेट क्षेत्रका लागि १ सय वटा बङ्गुरका माउ वितरण गरिएको छ भने ५० वटा पुराना खोरलाई मर्मत गरी आधुनिक बनाउनका साथै बङ्गुरको खोरबाट निस्कने फोहोरको व्यवस्थापन गर्नका लागि पनि तथा पाइपको समेत व्यवस्थापन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । नगरपालिकाले एक वडा एक उत्पादनको नीति लिएको बताउँदै पकेट क्षेत्रलाई जोनकारुपमा विकास गरेर लैजाने नगरपालिकाको लक्ष रहेको नगरप्रमुख सुवेदी बताउँछन् ।   

प्रतिक्रिया दिनुहोस्