एपीएफ क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश (फोटो फिचर)


बेलबारी , ५ असोज / मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा एपीएफ क्लब काठमाडौँ विजयी भएको छ ।

आइतबार भएको दोस्रो दिनको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको तर्फबाट २६ औँ मिनेटमा जार्सी नं. २४ का खेलाडी रोहित थापाले गोल गरेका थिए भने जर्सी नं.१६ का हरि कार्कीले ७० औँ मिनेटमा गरेको गोल, खेलको निर्णय गोल भएको थियो । झापाले गोल गर्न सक्दो प्रयास गरेता पनि गोल विहीन भएर हार बेहोर्नु परेको छ ।

 

खेलको म्यान अफ दिई म्याद एपीएफका गोल रक्षक राजु नगरकोटी घोषित भएका छन् । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन । सोमबारको खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौँ र गोर्खा ब्वायज बुटवल क्लब बिच भिडन्त हुने आयोजकले जनाएका छन् ।

https://youtu.be/fjRkXbiKIiY

प्रतिक्रिया दिनुहोस्