सुन्दरहरैंचामा १७ वर्षीय किशोरी करणीको आरोपमा चार जना पक्राउ


मोरङ, ५ असोज । मोरङको सुन्दरहरैंचामा मदिरा पिलाएर एक १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार भएको छ ।

मोरङ सुन्दरहरैंचा नगरपालिका–१ की किशोरीलाई शनिवार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका–५ का २२ वर्षीय सन्तोषकुमार माझी, २२ वर्षीय प्रकाशकुमार थारु , ग्रामथान गाउँपालिका–५ का २५ वर्षीय कमल पुरी, २० वर्षीय सुरेश थानदारलाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार शनिवार राति पक्राउ परेकामध्ये एक जनालाई ती किशोरीलाई बोलाएर अचेत हुने गरी मदिरा पिलाएका थिए । किशोरी अचेत भएपछि उनीहरूले सामूहिक करणी गरेको खुल्नमा आएको छ,’ अधिकारीले भने । राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा युवतीमाथि करणी गरिरहेको देखेपछि उनैले प्रहरीलाई खबर गरेकी थिइन् ।

स्वास्थ्य परीक्षण गर्न किशोरीलाई कोसी अञ्चल अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्