मोदीले देउवालाई फोन गरेर दिए खोप चाँडै उपलब्ध गराउने बचन


काठमाडौँ, ४ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच फोन गरेर कोरोनाविरुद्धको लडाइमा सहकार्य गर्ने बताएका छन् ।  सोमबार भएको फोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेपाललाई कोरोना खोप उपलब्ध गराउने बचन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले बताएको छ ।

फोन वार्तामा दुई मुलुकबिचको सम्बन्ध अझ सुदृढ बनाउँदै लैजाने बारेमा पनि कुरा भएको बताइएको छ । 

परराष्ट्र मन्त्रालयले पनि दुई प्रधानमन्त्रीबिचको फोन वार्तामा मोदीले नेपाललाई कोरोनाविरुद्धको खोप चाँडै उपलब्ध गराउने विश्वास दिलाएको पुष्टि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्