११ राजदूतलाई फिर्ता बोलाउने देउवा सरकारको निर्णय


काठमाडौँ, ४ श्रावण । सरकारले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

ओली नेतृत्वको सरकाले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गरिसकेको वर्तमान सरकारले एक पछि अर्को गर्दै अघिल्ला सरकाले गरेका निर्णयहरूलाई उल्टाउँदै गएको छ । 

प्रतिक्रिया दिनुहोस्