सरकारले दियो इदको उपलक्षमा सार्वजनिक विदा


काठमाडौँ, ६ श्रावण । आज मुस्लिम धर्मावलम्बीलेहरूले बकर इद अर्थात इद उल अज्हा मनाउँदै छन् । सरकारले आज देशैभर सार्वजनिक विदा दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा देशबासीका नाममा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले आफ्नो शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्दै यस चाडले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने आसासमेत गरेका छन् । 

प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारीका कारण पर्वहरू सबैले सँगै बसेर मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई हर्षाेल्लासका साथ मनाउन सबैमा अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्