प्रचण्डको सुरक्षा व्यवस्थामा कडाइ : प्रधानमन्त्रीसरह सुरक्षाकर्मी खटाइँदै


काठमाडौँ, ६ श्रावण । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । सुरक्षा चुनौति बढेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’को व्यक्तिगत सुरक्षा अधिकृत–पीएसओमा नायब उपरीक्षक–डिएसपी खटाएको हो ।

यसअघि पनि फिर्ता बोलाइएका डिएसपी विनोद घिमिरेलाई फेरि प्रचण्डको सुरक्षाको कमाण्डको जिम्मा दिइएको छ । अघिल्लो सरकारले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी मापदण्ड परिमार्जन गरी पूर्व प्रधानमन्त्रीलाई प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा १६ जना सशस्त्र प्रहरी र दुई जना नेपाल प्रहरी दिने व्यवस्था गरेकोमा थियो ।यस अघि नै पूर्वप्रधान मन्त्री माधव कुमार नेपाललगायतका नेताको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

विशिष्ट व्यक्तिको सुरक्षाका नाममा राज्य संयन्त्रको दुरुपयोग भयो भन्ने आवाज आइरहेको बेलामा नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवर भने सुरक्षा खतरालाई ध्यान दिएर सुरक्षाकर्मीको सङ्ख्या थपघट हुनु स्वाभाविक भएको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्