असार महिनाको सर्वोत्कृष्ट प्रहरीमा इलामका ‘प्रहरी निरीक्षक तामाङ’ घोषित


विराटनगर, ६ श्रावण । असार महिनाको सर्वोत्कृष्ट प्रहरीमा ‘प्रहरी निरीक्षक किशोर तामाङ’ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत तामाङ असार महिनाको सर्वोत्कृष्ट घोषित भएका हुन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यसम्पादनका आधारमा तामाङलाई असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’को रूपमा घोषणा गरेको छ । 

प्रदेश प्रहरी कार्यालयले सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहित फ्लेक्स प्रिन्ट गरेर आफू निकायका सबै कार्यालयमा उपलब्ध गराउने गर्छ । साथै उक्त विवरण १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भमा राखिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्