बेलबारीमा ३९ औँ बी.पी स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


बेलबारी, ६ श्रावण । बेलबारीमा ३९ औँ बी.पी स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल दारुण दल वडा कार्यसमिति, वडा नं. १ को आ योजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका महासमिति सदस्य नगेन्द्र कट्टेले दारुण दलको कार्यक्रमको प्रशंसा गर्दै, बी.पीले देखाएको योगदानलाई देशले कहिले भुल्नु नहुने बताएका छन् । देशमा वास्तविक समृद्धिको युवाहरूले बी.पीले मार्गनिर्देशित गरेको बाटोमा हिँड्न अनिवार्य रहेको बताउँदै आग्रह पनि गरेका छन् । 

रक्तदान कार्यक्रम नेपाल रेड क्रस मोरङको प्राविधिक सहयोगमा ५५ प्रिन्ट रक्त सङ्कलन भएको नेपाल दारुण दल वडा कार्यसमिति, वडा नं. १ का अध्यक्ष सजित धिमालले जनाएका छन् । अध्यक्ष धिमालले रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्