मनाङमा बाढीले झोलुङ्गे पुल बगाउँदा आवत–जावतमा समस्या


मनाङ, ६ श्रावण । गए राति आएको बाढीले मनाङको चामे बजारमा रहेको झोलुङ्गे पुल बाढीले बगाइदिए पछि आवात-जावतमा समस्या आएको छ । 

मनाङस्थित सशस्त्र बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले गए रातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको जानकारी दिँदै पुल बगे पछि आवात-जावतमा समस्या आएको बताएका छन् । 

यस्तै राति आएको बाढीले चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुङ्गे पुल पनि जोखिममा परेको छ । बाढीले उक्त झोलुङ्गे पुल बगाउने जोखिम भएपछि आवत-जावतमासमेत प्रहरीले रोक लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्