सल्यानमा १४ वर्षीय दाजुको सियो प्रहारबाट १३ वर्षीय भाइको मृत्यु


सल्यान, ६ श्रावण । सल्यानमा १४ वर्षीय दाजुको सियोको प्रहारबाट १३ वर्षीय भाइको मृत्यु भएको छ । खेल्ने क्रममा विवाद हुँदा एक १४ वर्षीय बालकले आफ्नै भाइको हत्या गरेका छन् ।

खेल्ने क्रममा विवाद हुँदा विवाद हुँदा बनगाड कुपिण्डे नगरपालिका–५ का १४ वर्षीय कपिल परियारको जुत्ता सिलाउने सियोको प्रहारबाट घाइते भएका १३ भाइ सन्दीपको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर अर्जुन पौडेलले सन्दीपको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्ज बुधवार मृत्यु भएको बताए । कपिलले भाइलाई जुत्ता सिलाउने सियोले कान मुनि प्रहार गरेको र सोही प्रहारबाट सन्दीपको मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले जानकारी दिएका छन् । 

सियोले प्रहार गर्ने दाजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्