कोरोना सङ्क्रमण दर बढ्दो : १,४१५ ले कोरोना परास्त गर्दा २,८३८ नयाँ सङ्क्रमित थपिए


काठमाडौँ, ६ श्रावण । कोरोना सङ्क्रमण दर दैनिक रूपमा बढ्दो क्रममा रहेको छ । निको हुनेको तुलनामा पचास प्रतिशत भन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १,४१५ जना कोरोना सङ्क्रमित उपचारपछि निको हुँदा २,८३८ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

 प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २,८३८ जनामा सङ्क्रमण पुष्टि भएको बताएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३० जनाको मृत्यु भएको छ । हाल सम्ममा देशभरमा सङ्क्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक रूपमा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहे पछि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने देखिए पनि पछिल्लो समय स्वास्थ्य मापदण्डको परिपालनामा त्यति ध्यान दिइएको पाइँदैन । जसले गर्दा सङ्क्रमण दर अझ बढ्ने खतरा रहेको भन्दै स्वास्थ्य विज्ञहरूले सचेत गराउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्