सांसद पदबाट राजीनामा दिने अमरेशकुमार सिंहको घोषणा


काठमाडौँ, ७ श्रावण । काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणमा भएको अनियमितताको विषयमा नेतृत्वले चासो नदिएकोमा असन्तुष्टि जनाउँदै उनले सांसद पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।

पार्टी सभापति देउवालाई लेखेको पत्रमा उनले पार्टी दलाल, दारुभट्टी चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण आफूले राजीनामा दिन लागेको बताएका छन् । उनले पार्टी क्रियाशील सदस्यता वितरणमा पार्टीका केही नेताहरूले चलखेल गरेको आरोपसमेत लाएका छन् । 

सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस्