चितवनमा नहरमा डुबेर दुई जनाको मृत्यु


चितवन, ७ श्रावण । चितवनमा नहरमा डुबेर दुई जना किशोरको ज्यान गएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधवार अपराह्न क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि चिप्लिएर नहरमा खसेका थिए ।  

बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी गर्दा २०० मिटर पर नहरबाट उनीहरूलाई उद्धार गरिएको थियो । तर भरतपुर अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्