कार्यक्रम स्थलमै तोडफोड भए पछि ओली समूहले आयोजना गरेको कार्यक्रम भाँडियो


मोरङ, ७ श्रावण । कार्यक्रम स्थलमा तोडफोड भए पछि नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम बिथोलिएको छ । उर्लाबारी–८ स्थित एभरेस्ट फन पार्कमा एमालेको केपी ओली पक्षले आयोजना गरेको नगरस्तरीय विस्तारित बैठकको कार्यक्रम स्थलमा तोडफोड भए कार्यक्रम बिथोलिएको हो । 

नेपाल पक्षीय नगर संयोजक गङ्गा बास्तोलाले भने ओली पक्षकै असन्तुष्ट पक्षले घटना गराएको हुन सक्ने बताएका छन् । साथै आफूले उक्त घटनाको बारेमा जानकारी नपाएकोसमेत बताएका छन् । उता उर्लाबारीका एमाले ओली पक्षीय संयोजक उमाकान्त गौतम तोडफोड कसले गरेको हो भनेर खोजी गरिरहेको बताउँछन् । एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलसहितको पार्टीको टोलीले घटनास्थलमै पुगेर घटनाको बारेमा जानकारी दिइसकेको छ ।

फुटको संघारमा पुगेको नेकपा एमाले शेरबहादुर देउवालाई विश्वासको मत दिए पछि पार्टीभित्र देखिएका गतिविधिले पार्टीलाई एकता भन्दा पनि परपर पारिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्