बहुमतको आधारमा जसपा विवाद टुङ्ग्याउँदै निर्वाचन आयोग


काठमाडौँ, ७ श्रावण । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूको आधारमा विवाद टुङ्ग्याउने भएको छ । आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई यही साउन ११ गते आयोगमा डाकेसँगै उक्त विवादको टुङ्गो लाग्ने देखिएको हो । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वमा रहेको इजलासले दल दर्ताको बखतका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन आदेश दिएको हो । आयोगले साउन ११ गते दल दर्ता हुँदाका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई नागरिकताको सक्कल कपी, मतदाता परिचयपत्रको सक्कल कपी लिएर को–कता भनेर सनाखत गराउन आदेश भएको बताएको छ । 

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्