काँग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने


काठमाडौँ, ८ श्रावण । सरकारी निवासलाई पार्टी कार्यालय बनाइएकोमा विरोध भइरहेको बेलामा नेपाली काँग्रेसले भने प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने निर्णय गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले विगतको गलत परम्परालाई निरन्तरता नदिने भन्दै काँग्रेसले बालुवाटारमा कुनै पनि औपचारिक बैठक नराख्ने निर्णय गरेको जानकारी गराए ।महामन्त्री खड्काले सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानीलकण्ठमा बस्ने बताए ।

बालुवाटारमा पार्टी बैठक राखेर गलत अभ्यासलाई निरन्तरता दिएको भन्दै आलोचना भए पछि प्रधानमन्त्री देउवाले सो निर्णय गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्