एमालेलाई फुटबाट बचाउन एमालेका तेस्रो पुस्ताका नेताको सक्रियता


काठमाडौँ, ८ श्रावण । विभाजनको सङ्घारमा पुगेको पार्टीलाई बचाउन एमालेका तेस्रो पुस्ताका नेताहरूले सक्रिय भएका छन् । दुवै समूहमा आबद्ध तेस्रो पुस्ताका नेताहरूले सिंहदरबारमा बैठक गरेर  पार्टी एकताको अभियानमा सक्रियता देखाएका हुन् ।

यो अभियानमा ओली समूहका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, एलपी साँवा, शान्ति पाख्रिनलगायत र नेपाल समूहका यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, पवित्रा खरेल, नारायण खड्कालगायत जुटेका छन् ।उनीहरूले पार्टी विभाजन रोक्न शीर्ष नेताहरूलाई दबाब दिने बताएका छन् ।

साथै शीर्ष नेताहरूलाई दबाब सिर्जना गर्न एकताका लागि सांसदहरूको हस्ताक्षर सङ्कलन गर्ने पनि बताएका छन् । पार्टीको विभाजनलाई रोक्न यसअघि दोस्रो पुस्ताका नेताहरू लागेका थिए । उनीहरूकै प्रयासमा पार्टीमा १० बुँदे सहमति तयार भएको थियो । उक्त सहमति पार्टीले ग्रहण गर्ने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्