एमाले नेता रावलले फिर्ता लिए राजीनामा


काठमाडौँ, ८ श्रावण । देउवालाई विश्वासको मत दिने क्रममा असनतुष्टी जनाउँदै राजीनामा दिएका नेता भीम रावलले आफ्नो राजीनामा फिर्ता लिएका छन् ।नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेता रावलले शुक्रवार सभामुखलाई भेटेर आफ्नो राजीनामा फिर्ता लिएका हुन् ।

पार्टी एकताका लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिने पक्षमा उभिए पनि माधव नेपाल आफ्नो अडानबाट पछि नहटे पछि रावलले राजीनामा दिएका थिए । 

उनको राजीनामा फिर्ता गराउन बिहीबार वरिष्ठ नेता नेपाल रावल निवासमा पुगेका थिए । भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलेसमेत रावलले सांसद पदबाट राजीनामा दिनु उपयुक्त नभएकोले राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्