गण्डकीमा ६ जना नवनियुक्त मन्त्रीले लिए शपथ


पोखरा, ८ श्रावण । काँग्रेस र माओवादीका तीन÷तीन जना गरेर छ जना नवनियुक्त गण्डकी प्रदेशमा  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेल आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

आज माओवादीका तर्फबाट शपथ लिनेहरूमा रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापा रहेका छन् भने काँग्रेसबाट विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ र मणिभद्र शर्मा कँडेल रहेका छन् । 

विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास र मणिभद्र शर्मा कँडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका थिए भने रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण र दीपक थापाले वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्