अवैध सालको काठसहित केराबारीबाट चार जना युवा पक्राउ


बेलबारी, ८ श्रावण । केराबारीबाट अवैध सालको काठसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका वडा नं.३ का वर्ष ३८ का विष्णु सुहाङ लिम्बु, वर्ष ३८ कै सुसन लिम्बु, वर्ष ३३ का हरि लिम्बु र वर्ष २३ को विक्रम लिम्बु रहेका छन् ।

अवैध काठ ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको प्रहरीको टोलीले सालका विभिन्न साइजको ४२.४२ क्युबिक फुट काठ र उक्त काठ बोक्न प्रयोग भएको को.१.च.९०७४ नम्बरको सेतो पिकअप, गाडी र को.३८.प.१४२४ नम्बरका एउटा FZ  मोटरसाइकल समेत बरामद गरेको छ । 

प्रहरीले बरामद भएको काठ, काठ बोक्न प्रयोग भएको गाडी र मोटरसाइकलसमेत पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीका लागि सवडिभिजन कार्यालय केराबारीमा जिम्मा लाएको छ । 

प्रतिक्रिया दिनुहोस्