‘कम्युनिस्ट आन्दोलनको मसिनो ढङ्गले समीक्षा गर्नु पर्ने बेला भएको छ’ : अष्टलक्ष्मी शाक्य


काठमाडौँ, ८ श्रावण । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट आन्दोलनलाई मसिनो ढङ्गले समीक्षा गर्नु पर्ने बेला आएको बताइन् । ४३ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै नेतृ शाक्यले कम्युनिस्टहरूमा संस्कार हराउँदै गएको बताइन् ।

व्यक्ति र गुटका कारणले आज कम्युनिस्ट आन्दोलन पछि परेको बताउँदै उनले अब सबैले एक भएर यो आन्दोलनलाई बचाउनु पर्नेमा जोड दिइन् । केही दिन अगाडि एमाले अध्यक्ष केपी ओली समर्थक भ्रातृ सङ्गठन युवा सङ्घले बाँदरको मुखुुण्डो लगाएर जुलुस निकालेको प्रसङ्ग जोड्दै नेतृ शाक्यले हामीले कस्तो संस्कार सिकाएछौँ भनेर प्रश्न पनि गरिन् । 

व्यवस्था परिवर्त्य भए पनि मानसिकतामा परिवर्तन हुन नसक्दा आज देश जहाँको त्यही रहेको नेतृ शाक्यको कथन रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्