‘नेपाली जनतालाई खोप पुर्याउनु सरकारको प्राथमिकता रहने छ’ : प्रधानमन्त्री देउवा


काठमाडौँ, ८ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई खोप लगाउनु नै सरकारको प्राथमिकता रहेको बताएका छन् । संसदमा बोल्ने क्रममा प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि नेपाली नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने बताए । 

प्रधानमन्त्री देउवाले भने ‘यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप लगाउनका लागि प्रयत्न जारी राख्नेछौँ, ऋण सापटी गरेर भए पनि जतिसुकै महँगो मूल्यमा किनेर भए पनि हामी सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने प्रयास गर्नेछौँ ।’ 

उनले गठबन्धनमा रहेका नेताहरूको अनुभवलाई प्रयोग गरेर छोटो समयमै भए पनि केही देखिने गरी काम गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्