नेपालमा अहिलेसम्म करिब १३ लाखले लाए पूर्ण खोप


काठमाडौँ, ९ श्रावण । नेपालमा अहिलेसम्म करिब १३ लाख जनताले कोरोना विरुद्धको पूर्ण खोप लाएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार श्रावण ८ गते शुक्रवार सम्ममा १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । जसमा पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३३ लाख ८ हजार ७३० जना पुगेका छ । 

मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन् ।

यस्तै, १४ लाख ८० हजार २४६ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ८२ हजार ७९० जनाले दोस्रो डोज लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ३८ हजार १४२ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ । नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटसँग २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । 

कोरोना विरुद्धको अभियानमा खोप नै एउटा मात्र भरपर्दो माध्यम भएकोले राज्यको पनि खोपमै प्राथमिकता रहेको बताउँदै आएको छ ।  । देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कार्यभार सम्हालेको पहिलो दिन नै खोप खरिदका लागि पाँच अर्ब रकम निकासा गर्ने निर्णय र ऋण गरेर पनि जनतालाई खोल पुर्‍याउँछौँ भन्ने वर्तमान प्रधानमन्त्रीको अभिव्यक्तिले पनि राज्यको मुख्य ध्यान कोरोना परास्त गर्नमै भएको अनुमान गर्न सकिने जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्