बेलबारी ११ मा रहको लक्ष्मी सामुदायिक वनद्वारा २२ विपन्न परिवारलाई खाट वितरण


बेलबारी, १७ श्रावण । मोरङको बेलबारी–११ मा रहेको लक्ष्मी सामुदायिक वनले खाट अभावमा भुइँमा सुत्न बाध्य गरिब तथा विपन्न उपभोक्ताहरूलाई खाट वितरण गरेको छ । सामुदायिक वनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न उपभोक्ताहरूलाई खाट वितरण गरेको उपभोक्ता समूहका अध्यक्ष सुजय गौतमले बताएका छन् ।

४ हजार घरधुरी उपभोक्ता रहेको सो सामुदायिक वनमा करिब ४ सय विपन्न परिवार रहेका छन् । सबै विपन्न परिवारलाई खाट वितरण गरिने कार्यक्रम रहे पनि अहिले पहिलो चरण २२ घरलाई खाट वितरण गरिएको सामुदायिक वनका अध्यक्ष गौतम बताउँछन् । 

खाट वितरण कार्यक्रममा बेलबारी नगरपालिका वडा नं ११ का अध्यक्ष यमबहादुर पोखरेल ‘राजन’, सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्