पाकिस्तानमा भूकम्पको कारण २८को मृत्यु


इस्लामावाद – मंगलबार पाकिस्तानमा गएको भूकम्पको कारणको छ । सरकारी र स्थानीय सञ्चारमाध्यमका अनुुसार पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका छन् ।

भूकम्पको झड्काको महसुस पूर्वी पाकिस्तान र भारतमा समेत भएको थियो । पाकिस्तान प्रशासित काश्मिरका मानिसहरुको जनजिव अस्तब्यस्त भएको छ भने ठुलो भैतिक क्षती व्यहोरेका छन ।


सडकमा भत्कीएको छ भने घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको छ । विद्युत्‌का पोलहरु ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

अनुसार भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९यूएसजीएस० विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्