प्रधानन्यायाधीशको जवाफ ‘ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्ति संविधानसम्मत’


काठमाडौँ, २४ श्रावण । सर्वोच्च अदालतले ओली सरकारले गरेको संवैधानिक नियुक्तिलाई संविधानसम्मत भएको बताएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन केपी शर्मा ओली सरकारको सिफारिसमा गत पुसमा जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत रहेको बताएका हुन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र रिट निवेदक निशान्तबाबु खड्काले प्रधानन्यायाधीशलाई समेत विपक्षी बनाएर दर्ता गरेको रिटको प्रत्युत्तरमा प्रधानन्यायाधीश जबराले लिखित जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् ।उक्त रिटमा न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

उनले सङ्घीय संसदका दुवै सदन नचलेकाले अध्यादेश आउनुलाई स्वाभाविक मान्दै संवैधानिक नियुक्तिलाई जायज ठानेका छन् । 

प्रतिक्रिया दिनुहोस्