काँग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म हुने


काठमाडौँ, ३१ श्रावण । नेपाली काँग्रेसको महाधिवेशनको मिति पर सरेको छ । शनिवार बसेको केन्द्रीय समितिको बैठकले भदौ तेस्रो साता तय भएको महाधिवेशनको मिति सारेर मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । 

केन्द्रीय कार्य समिति बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् ।त्यस्तै शनिवारकै बैठकले नौ वटा भातृ सङ्गठनको म्याद ६ महिनालाई थप्ने निर्णयसमेत गरेको छ । 

पौडेल पक्षले भने निर्धारित समयमै महाधिवेशन गरिने पन बताउँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्