कैलालीमा घरको छतबाट खसेर महिलाको मृत्यु


कैलाली, ३१ श्रावण । कैलालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका– ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गोदावरी नगरपालिका– १ अत्तरियाको वनखेतकी गीता बिस्टको निर्माणाधीन घरमा काम गरिरहेकी ती महिलाको छतबाट खसेर मृत्यु भएको हो । बसन्तीदेवी उक्त घरमा मजदुरको रूपमा कार्यरत रहेको र काम गर्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्