भदौ १ गते लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी


बुटवल, ३१ श्रावण । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकबाटै मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयले भदौ १ गते दिउँसो १ बजेका लागि नवौँ अधिवेशनको आह्वान गरिएको जानकारी दिएको छ । 

साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए केसीले हिउँदे अधिवेशनको पहिलै दिनमै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेको स्रोतले जनाएको छ । नव नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था भए पनि उनले नियुक्त भएको एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन् । 

शुक्रवार मात्रै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको थियो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्