तालिबान लडाकुले काबुल घेरे : सरकार शान्तिपूर्ण प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्न तयार


काबुल, ३१ श्रावण । अफगानिस्तानको विद्रोही समूह तालिबानले राजधानी काबुल घेरेपछि सरकारले शान्तिपूर्ण तरिकाबाट सत्ता हस्तान्तरण गर्ने बताएको छ । अफगानी गृहमन्त्रीले एक भिडिओ सन्देशमार्फत वर्तमान सरकार सङ्क्रमणकालीन सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । 

यसैबिच, अफगानी राष्ट्रपति असरफ गनीले अमेरिकी विशेष दूत आकस्मिक वार्ता गरिरहेको बिबिसीले जनाएको छ । उता अफगानी सरकार र तालिबान प्रतिनिधिबिच पनि वार्ता चलिरहेको बताइएको छ । तालिबानले पनि काबुलमा हिंसा नमच्चाउने, सरकारले शान्तिपूर्ण तरिकाबाट सत्ता हस्तान्तरण गरोेस भन्ने चाहेको बताएको छ ।

हालसम्म सबैजसो प्रान्तमा तालिबानको नियन्त्रणमा पुगिसकेको छ । अमेरिकी सेनाले अफगानिस्थान छाडेको केही दिनमै तालिबानले आफ्नो उपस्थिति बढाउँदै आएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्