अफगान राष्ट्रपति असरफ घानी देश छाडेर ताजिकिस्तानतर्फ भागे


काठमाडौँ, ३२ श्रावण । अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिबान काबुलमा प्रवेश गरेसँगै उनले देश छाडेको बताइएको छ । ।

उनीसँगै उपराष्ट्रपति अमरुल्लाह सालेह पनि ताजिकिस्तानतर्फ लागेको स्थानीय समाचारले उल्लेख गरेका छन् । रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन् । घानीका निकट सहयोगीहरूले पनि देश छाडेको बताइएको छ । आइतबार दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले सङ्कट समाधानको अधिकार राजनीतिक नेताहरूलाई सुम्पेको बताएका थिए ।

उता तालविानले भने कसैसँग पनि प्रतिशोध नलिने बताउँदै आएका छन् । उनीहरूले आफ्नो देश फर्कन चाहने विदेशीलाई घर फर्किन दिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्