अफगान पूर्व राष्ट्रपति कारजाईले भने–म देश छाड्दिनँ ‘


राष्ट्रपति घानी भन्छन् ‘रक्तपात नहोस् भनेर मैले देश छाडेको हुँ’

काठमाडौँ, ३२ श्रावण । तालिबान अफगानिस्तानको राजधानी काबुल छिर्नसाथ राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेको समाचार आइरहँदा पूर्व राष्ट्रपति हमिद कारजाईले भने आफू देश नछाड्ने बताएका छन् । राष्ट्रपति असरफ घानी तथा उपराष्ट्रपति अमरुल्लाह सालेह लगायतका उच्च नेतृत्वले देश छाडेर भागेपछि सर्वसाधारणमा आतङ्कको अवस्था सिर्जना भएको बेलामा पूर्व राष्ट्रपतिबाट भने यस्तो भनाइ आएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू राजधानी काबुलमै रहने प्रस्ट पारेका छन् । अब मुलुक र देशवासीको रक्षाको जिम्मेवारी तालिबानको काँधमा आएका भन्दै त्यसलाई होसियारीपूर्वक निभाउन कारजाईले आग्रह गरेका छन् । 

अमेरिकी सैन्य हस्तक्षेपपछि सन् २००१ मा देशको राष्ट्रपति बनेका कारजाई सन् २०१४ सम्म लगातार रूपमा अफगानिस्तानको राष्ट्रपति बनेका थिए । 

उता देश छाडेर भागेका राष्ट्रपतिले घानीले भने राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्