प्रदेश–२ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त


जनकपुरधाम, १ भाद्र । सरकारले प्रदेश–२ मा हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले डा. राजेश अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गरेको हो ।

२०३६ साल जेठमा रौतहटको सङ्ग्रामपुरका जन्मिएका राजेशलाई मधेस मामिलाका जानकारको रूपमा लिइन्छ । उनी मिश्र बिपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् ।यसअघि देउवा नेतृत्वको सरकारले नियुक्त गरेका तिलक परियारलाई हटाएर ओली नेतृत्वको सरकारले  गत २०७७ फागुन ७ गते डा. राजेश अहिराजलाई प्रदेश–२ को प्रमुखमा नियुक्त गरेको थियो । 

यस अघि नै सरकारले लुम्बिनी र गण्डकी प्रदेश प्रमुखमा अघिल्लो सरकारले नियुक्त गरेका मानिसलाई हटाएर आफू निकटका मानिसलाई नियुक्त गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्