फाइनलमा धरान र भारत भिड्दै : बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप


बेलबारी, ९ असोज । तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकपको फाइनलमा धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भारत भिड्ने भएको छ । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बिहीबार रोयल भारतले एपीएफ काठमाडौँलाई ० – ३ गोल अन्तरले पराजित गर्दै फाइनलमा धरानसँग भिड्ने निश्चित भएको हो ।

पहिलो हाफ गोलविहिन खेल सकिएको थियो । दोस्रो हाफ भने खेल अझ आक्रामक भएको थियो । रोयलको तर्फबाट खेलको ५१ औँ मिनेटमा निशान्त लिम्बुले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । लिम्बुले नै खेलको ६२ औँ मिनेटमा दोस्रो गोल गरे र ७६ औँ मिनेटमा सञ्जय सुब्बाले तेस्रो गोल गर्दै आफ्नो टिमलाई प्रतियोगिताको फाइनलमा आफ्नो टिमलाई प्रवेश गराउन सफल भएका छन् । खेलको म्यान अफ दि म्याच रोयलका निशान्त लिम्बु घोषित भए ।

बुधवार भएको पहिलो सेमिफाइनलमा धरानले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २–१ गोलको अन्तरले हराउँदै गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
शुक्रवार हुने भनिएको फाइनल प्राविधिक कारण शनिवार सारेको आयोजक समितिका संयोजक एवं डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले जनाएका छन् । प्रतियोगितामा विजयी टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् ।


( फोटो क्याप्सन : बलका लागि प्रतिस्पर्धा गर्दै भारत (रातो जर्सी) र एपीएफका खेलाडी । )

https://youtu.be/CA_G8LOzXpM

प्रतिक्रिया दिनुहोस्