तालिबानले सरकारी कर्मचारीलाई भन्यो ‘तपाईँहरू निर्धक्क भएर आ–आफ्नो काममा फर्किनुहोस्’


काठमाडौँ, १ भाद्र । तालिबानले अफगानिस्तानका सरकारी कर्मचारीहरूलाई आ–आफ्नो काममा निर्धक्क भएर फर्कन आग्रह गरेको छ । विद्रोही सेनाले आममाफीको घोषणा घोषणा गर्दै सबैलाई निर्धक्क भएर आ–आफ्नो काममा फर्कन आग्रह गरेको छ ।

तालिबानले सत्ता कब्जापछि अब के होला भन्ने कौतुहलता भइरहेको बेलामा तालिबान समूहबाट यस्तो प्रतिक्रिया आएको हो । तालिबान समूहले स्वदेशी मात्र नभएर विदेशीहरुलाईसमेत काम गर्न दिने बताएको छ । 

एक जना तालिबान अधिकारीले भनेको छन् ‘सबैका लागि आममाफी घोषणा गरिएको छ । त्यसैले सबैले पूर्ण आत्मविश्वासका साथ नियमित जीवन सुरु गर्नुस् । मङ्गलवारदेखि काबुलको जनजीवन केही सामान्य बन्दै गएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्