प्रतिबन्धित औषधिसहित मिक्लाजुङबाट दुई जना युवा पक्राउ


बेलबारी, १ भाद्र । प्रहरीले प्रतिबन्धित औषधिसहित मोरङको मिक्लाजुङबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ–४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ वर्षीय विक्रान्त अधिकारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले मिक्लाजुङ गाउँपालिका–३ स्थित सुन्दरी चोकबाट दुवै जनालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताएका छन् ।

पक्राउ परेकाको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल दुई हजार आठ सय ८२ ट्याब्लेट र स्पासपेन दुई हजार नौ सय २० ट्याब्लेट बरामद भएको एसपी राईले जानकारी दिएका छन् । पक्राउ परेका विरुद्ध कानुनी कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्