महन्थ ठाकुरको अध्यक्षतामा ‘जसपा लोकतान्त्रिक’ दल दर्ता


काठमाडौँ, २ भाद्र । महन्थ ठाकुरको अध्यक्षतामा ‘जसपा लोकतान्त्रिक’ नामको नयाँ दल दर्ता भएको छ । देउवा नेतृत्वको गठबन्धनको सरकारले दलसम्बन्धी अध्यादेश ल्याएर ठाकुर समूहलाई नयाँ दल दर्ता गर्न सहयोग पुर्‍याई दिएको छ ।

जसपा समाजवादी नामको यो दलमा राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आधिकारिकता पाएसँगै अन्योलमा रहेका ठाकुर पक्षलाई हालै पारी अध्यादेशले नयाँ दल दर्ता गर्न बाटो खोलिदिएको थियो । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

जसपाबाट फुटेर बनेको यो नयाँ दलमा २४ जनाको कार्यकारिणी समिति बनाइएको छ । पार्टीको चुनाव चिन्ह भने साइकल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्