आफू नेकपा एमाले (समाजवादी) पार्टीमा नभएको नेता प्रदीप नेपालको स्पष्टोक्ति


काठमाडौँ, ३ भाद्र । नेकपा एमालेका नेता प्रदीप नेपालले आफू नवगठित पार्टी नेकपा एमाले (समाजवादी) मा नरहेको बताएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता नेपालले उक्त कुरा बताएका हुन् । साथै उनले आफू ओली र माधव नेपाल दुवैको नेतृत्वमा रहेका समूहमा नभएको पनि स्पष्ट पारेका छन् ।

बुधवार एमाले वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा समाजवादी पार्टीको केन्द्रीय समितिमा उनको नाम समावेस गरिएको थियो । नवगठित पार्टीको ९५ सदस्सीय केन्द्रीय कमिटीमा नेता नेपालको नाम चौथो सूचिमा रहेको थियो ।

यसअघि साथ दिँदै आएका नेताहरूले नयाँ दल दर्तामा गए पछि भने साथ झोडेको पाइन्छ । तर ती अधिकांश नेताले भने आफू नयाँ दल दर्ताको विपक्षमा रहे पनि ओली नेतृत्वमा भने नगएको, आफूहरू अझै पनि पार्टी एकीकरणकै पक्षमा रहेका बताउँदै आएका छन् । आफूलाई बामपन्थी नेता मात्र भन्न रुचाउने नेता नेपाल विगत लामोसमय देखि राजनीतिबाट टाढा रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्