तालिबानको विरोधमा राष्ट्रिय झण्डासहित प्रदर्शन


काठमाडौँ, ४ भाद्र । केही दिन अघि सत्ता कब्जा गर्न सफल तालिबानविरुद्ध अफगानिस्तानका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । विरोधको यो क्रम केही दिनदेखि निरन्तर चलिरहेको छ ।

उनीहरूले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका गरिरहेका छन् । बिहीबार स्वतन्त्रता दिवसको अवसरमा कुनार प्रान्तको राजधानी असदबादमा राष्ट्रिय झण्डासहित विरोध गरिरहेका स्थानीयमाथि तालिबान लडाकुहरूले गोली चलाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले काबुलमा पनि प्रदर्शन भएको र त्यहाँ कयौँको सङ्ख्यामा मानिसहरू झण्डा बोकेर सडकमा निस्किएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका बताइएको छ । तर यस घटनाको अझै स्वतन्त्र पुष्टि भने भइसकेको छैन । जलालाबादमा तालिबानको गोलाबारीमा कम्तीमा ३ प्रदर्शनकारीले ज्यान गुमाएको बताइएको छ । 

अमेरिकी सेनाले छाडेको केही दिनमै विद्रोही सङ्गठन तालिबानले पुरै अफगानिस्तान कब्जा गरेको छ । यसबिचमा राष्ट्रपति तथा उपराष्ट्रपतिले देश छाडेर अन्यत्रै गएर शरण लिइसकेको छन् । 

प्रतिक्रिया दिनुहोस्