रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त


काठमाडौँ, ४ भाद्र । रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन् । ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईले राजीनामा दिए पछि वर्तमान सरकारले निरञ्जन झालाई प्रबन्धकमा नियुक्त गरेको हो । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले (समाजवादी) निकट मानिने निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । झा सप्तरीको सदरमुकाम राजविराज नगरपालिका–१ निवासी हुन् । 

प्रतिक्रिया दिनुहोस्