बागमतीमा यादवचन्द्र शर्मा नयाँ प्रदेश प्रमुख नियुक्त


काठमाडौँ, ४ भाद्र । वर्तमान सरकारले बागमतीमा यादवचन्द्र शर्मालाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको छ । यस अघिको सरकारले नियुक्त गरेका विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गर्दै गठबन्धन नेतृत्वको सरकारले शर्मालाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रवार शर्मालाई बागमती प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ । 

सङ्खुवासभाका शर्मा नवगठित एमाले समाजवादीनिकट मानिन्छन् । 

प्रतिक्रिया दिनुहोस्