‘माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न मिल्दैन’ : डा. खिमलाल देवकोटा


 काठमाडौँ, ४ भाद्र । राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन् । पार्टीले कारबाही गरेर पत्र दिँदासमेत सभामुखले सूचना ननिकालेको भन्दै नेकपा एमालेका सचेतक सहितको टोलीले चाँडो कारबाही गर्न सभामुखलाई दबाब दिए लगत्तै सांसद देवकोटाको यस्तो धारणा बाहिर आएको हो । 

साथै देवकोटाले किन कारबाही भएन भनेर हुलहुज्जत सहित गएकोमा आपत्तिसमेत जनाएका छन् । उनले भनेका छन् ‘चिठी लेख्नेवित्तिकै किन कारबाही गरिनस्सू\चना टाँसिनस् भनेर सभामुखमाथि हुलहुज्जत गर्न मिल्छ ?’

सभामुखको जिम्मेदारी भनेको संसद्को सर्वोच्चता जगेर्ना गर्ने मात्र नभएर संसद्को अभिभावकत्व पुरा गर्ने जिम्मेवारी पनि रहेको स्मरण गराएका छन् । शुक्रवार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै एमालेले सांसदलाई कारबाही गर्न नमिल्ने बताएका हुन् । कारबाही नै गर्दा पनि विधि र प्रक्रिया पुर्‍याएर मात्र गर्नु पर्ने उनको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्