बेलबारीका गौतम बने ‘लायन्स मोरङको डिस्ट्रिक्ट चेयरपर्सन’


बेलबारी, ४ भाद्र । बेलबारीका खेम गौतम लायन्स क्लबको मोरङ डिस्ट्रिक्ट चेयरपर्सनका रूपमा मनोनीत भएका छन् । बेलबारी –२, लालभित्ती निवासी खेमप्रसाद गौतमलाई लाइन्स क्लब अफ नेपाल ३२५ A १ ले लायन्स क्लबको मोरङ डिस्ट्रिक्ट चेयरपर्सनका रूपमा नियुक्त गरेको हो । 

बेलबारीमा लामो समयदेखि होटेल व्यवसाय सञ्चालन गर्दै आएका गौतमले पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताको रूपमा प्रस्तुत गर्दै आएका छन् । लायन्स क्लब अफ बेलबारी सन् २०२० का अध्यक्षको सफल भूमिका निभाएका गौतमले जुलाई १ तारिख नै यो जिम्मेवारी सम्हाल्दै आएका थिए । 

एक छोरा र एक छोरीका पिता गौतम हाल बेलबारी २ मा जक्सन होटेल सञ्चालन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्