बेलबारीमा “दु:खमा नगरपालिका” कार्यक्रम


बेलबारी, ४ भाद्र ।  बेलबारीमा “दु:खमा नगरपालिका” कार्यक्रम सञ्चालन सुरु भएको छ ।  सो कार्यक्रम बेलबारी नगरपालिकाले यस आर्थिक वर्षको सुरुवातसँगै सञ्चालनमा ल्याएको हो । 

दु:खमा नगरपालिकाका कार्यक्रम अन्तरगत बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीसहित जनप्रतिनिधिको टोली जनताको घरघर पुगेर दु:खमा साथ दिने अभियान सुरु गरेका छन् । बेलबारीका कोही स्वर्गीय भएमा प्रमुख सुवेदीसहित जनप्रतिनिधिको टोली आर्थिक सहयोगसहित संवेदना व्यक्त गर्न जनताको घरघरमा पुगी रहेका हुन । 

आज शुक्रवार बेलबारी वडा नं. ४ र वडा नं. १० मा संवेदना प्रदान गर्न स्वयम नगरप्रमुख सुवेदी स्वर्गीय भएका व्यक्तिको सम्बन्धित घर परिवारकोमा पुगेका थिए । परिवारलाई संवेदना पत्रसहित सहयोग रकम रु.५ हजार प्रदान गरिएको छ । दुखमा परेको बेला जनतालाई थोरै रकम भए पनि मृत्यु कर्मकाण्डमा सहयोग पुग्ने उद्देश्यका साथै आर्थिक सहयोग पनि प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ ।

विपन्न परिवारलाई अझै बढी राहत मिल्ने मेयर सुवेदी बताउँछन् । उनी भन्छन्,‘दु:खमा स्थानीयलाई संवेदना प्रदान गर्नको साथै, रु.५ हजार आर्थिक सहयोग प्रदान गर्दै छौँ ।

प्रतिक्रिया दिनुहोस्