विश्व समुदायलाई आफ्नो शासन स्वीकार गर्न तालिबानको आग्रह


काठमाडौँ, ५ भाद्र । तालिबानले विश्व समुदायलाई आफ्नो शासन स्वीकार गर्न आग्रह गरेको छ । धार्मिक कट्टरवादी सङ्गठनको रूपमा परिचित तालिबानले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको हो ।

तालिबानी प्रवक्ता सुहैल शहिनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेका बिबिसीले जनाएको छ । अन्तर्राष्ट्रिय समुदायले महिला तथा बालिकाको अधिकारको बारेमा उठाइरहेको आवाजप्रति लक्षित गर्दै प्रवक्ता शहिनले तालिबानले महिलाको काम गर्ने र पढ्न लेख्न पाउने अधिकारको संरक्षण गर्ने जनाएका छन् । 

यतिखेर अफगानिस्तान पुरै तालिबानको कब्जामा रहेको छ । विदेशी सेनाले अफगानिस्तान छाडेको महिना दिन वित्न नपाउँदै तालिबानले पुरै देश कब्जा गर्न सफल भएको छ । तालिबान आएसँगै आफ्नो धार्मिक कानुन लागु गरेको छ । धार्मिक कानुन लागु भएसँगै महिला तथा किशोरीलाई एक्लै बाहिर निस्कन प्रतिबन्ध लगाइएको, उनीहरूलाई पढ्न र काम गर्न रोक लगाईको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्