एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको सनाखत भदौ ९ गते हुने


काठमाडौँ, ५ भाद्र । एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दुवै नयाँ दलको सनाखत भदौ ९ गते हुने भएको छ । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ता प्रयोजनका लागि भदौ ९ गतेलाई बोलाएको छ ।

शुक्रवार बसेको आयोगको बैठकले एमालेबाट टुक्रिए माधव नेपालको नेतृत्वमा बनेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जसपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरूको सनाखत गर्न भाद्र ९ गतेलाई समय तोकेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका सचिव सुरेश अधिकारीले दिएको जानकारी अनुसार सनाखतका लागि भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको छ ।यसअघि आयोगमा दर्ताका लागि दुवै पार्टीले बुझाएको नाम अरू पार्टीसँग मिल्न गए पछि पुन : अर्को नाम प्रस्ताव गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्