हास्य कलाकार शम्भुराज थापाको निधन


काठमाडौँ, ५ भाद्र । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ कोरोना सङ्क्रमणबाट निधन भएको छ । कोरोना सङ्क्रमण भएर उपचाररत रहेका थापाको शनिवार बिहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना सङ्क्रमित भएर उनी दुई साताअघि पाटन अस्पताल भर्ना भएका थिए । थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत थुप्रै चलचित्रमा अभिनय गरेका थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्मातासमेत रहेका थिए ।

‘मदन बहादुर हरिबहादुर’ मा पनि उनले अभिनय गरेका थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै काठमाडौँस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्