कवि तारा पराजुलीको ‘चुरा बजाउँदै’ तीज गीत बजारमा आउँदै


बेलबारी, भाद्र ५ । कवि तारा पराजुलीको रचना रहेको ‘चुरा बजाउँदै’ तीज गीत म्युजिक भिडियोसहित बजारमा आउने भएको छ । बेलबारी नगरपालिकाका उपप्रमुखसमेत रहेकी पराजुलीको रचना रहेको उक्त गीतलाई गायिका सरु गौतम र गायक आर सी सापकोटाले स्वर दिएका छन् ।

हिन्दु नेपाली नारीहरूको महान् पर्व तीजलाई लक्षित गरेर बजारमा आउँदै गरेको उक्त गीतको सङ्गीत भीम वि सीले गरेका छन् भने यसको एरेन्ज भने नरेन्द्र वियोगीको रहेको छ । 

नेपाली नारीले सगर्व उल्लासका साथ मनाउँने तीज पर्व पछिल्लो समय तडक भडकले गर्दा अनावश्यक भड्किलो हुँदै गएको छ । तीज पर्वको गरिमा नै धरापमा परिरहेको परिबेसमा यस गीतमार्फत तीजको ऐतिहासिक सांस्कृतिक पक्ष लाईसमेत जीवन्तता दिने प्रयास गरिएको गीतकार पराजुली बत्ताउँछिन् ।  

कविता तथा गीत विधामा विधामा कलम चलाउँदै आएकी पराजुलीका यसअघि पनि तीज गीत बजारमा आएक आएका छन् ।

प्रतिक्रिया दिनुहोस्