बेलबारीमा युवासंघको राँके जुलुससहित विरोध प्रदर्शन


बेलबारी, ५ भाद्र । बेलबारीमा सरकारविरुद्ध राँके जुलुससहित विरोध प्रदर्शन भएको छ । सरकारले ल्याएको दल विभाजनको अध्यादेश, भूमिसुधार आयोग खारेजी लगायतका निर्णयविरुद्ध युवासंघ नेपाल बेलबारी नगर कमिटीको आयोजनामा राँके जुलुस सहित प्रदर्शन भएको हो ।

नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको विरोध कार्यक्रमले बेलबारी बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

शुक्रवार साँझ आयोजित विरोध प्रदर्शनमा युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रबिन थापा र युवा सङ्घ बेलबारीका अध्यक्ष आशिष कार्की लगायतकाले सम्बोधन समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्